Home ब्लग पृष्ठ 3
काठमाडौं, माघ १-पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। फोटो : फाइल
चितवन, पुस ३० - लामो समयदेखि निर्माण भएर पनि संचालनमा आउन नसकेको मिनीपानी जहाज ( क्रुजसिप ) माघ १ गतेदेखि संचलनमा आउने भएको छ । फागुनमै संचालनगर्नै भनिएपनि प्राविधिक समस्याका कारण संचालनमा आउन सकेको थिएन । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले १ गतेदेखि नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायीक रुपमा सञ्चालन गर्न शुल्क...
- विपिन पाठक, चितवन - चितवन माध्यमिक विद्यालयको ६९औं वार्षिक उत्सवको अबसरमा जुनियर रेडक्रस सर्कल चितवन मा वि द्वारा आयोजित अन्तर मा.वि. जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ॥ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सन्चालित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा चितवनका उपसभापति बिदुर के सि प्रमुख अथिति रहनु भएको थियो भने विशिष्ठ अथितिहरु भरतपुर महानगरपालिका वडा नं १०...
अजित अधिकारी , चितवन -  तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले २०७७ सालको भानु जयन्तीको अबसर पारेर आफ्नो मन्तव्य दिने क्रममा बोल्दै गर्दा रामको जन्म भारतको नक्कली अयोध्यामा नभई नेपालको चितवन माडीमा अवस्थित अयोध्यापुरीमा भएको भनेपछि यो विषयले विश्वभरी चर्चा पायो । तत्कालीन समयमा छिमेकी राष्ट्र भारत र त्यहाँको मिडियाले नेपाली समाचारको खण्डन गर्दै असली अयोध्या भारतमा...
चितवन , पुस २६ - नेपाल कम्युनिष्ट पार्टी एमाले चितवनले जनताको समस्या, एमालेको सम्वोधन अभियान चलाउने भएको छ । एमाले चितवनको छैंटौ पूर्ण बैठकले आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म संगठन व्यवस्थापन, जनपरिचालनसहित जनताको समस्या,एमालेको सम्वोधन अभियान चलाउने निर्णय गरेको हो। एमाले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जनताको बीचमा पार्टीलाई लैजान यस्तो अभियान चलाउने निर्णय भएको जानकारी दिए ।...
चितवन , पौष २५ - सौन्दर्यकर्मी सङ्गठन , नेपाल भरतपुर महानगरपालिका कमिटि र पायस कस्मेटिकको सहकार्यमा यही पुस २३ गते बाट सुरु भएको तीनदिने फ्री मेकअप र रसियन हेयरस्टाइल सेमिनार आज समापन भएको छ । भरतपुर महानगरपालिका क्षेत्र भित्र रहेका व्यावसायिक तथा इच्छुक सौन्दर्यकर्मी करिव ६० जना महिलाहरु सहभागी रहेको सेमिनारको आज समापन गरिएको हो । समापन कार्यक्रममा सौन्दर्यकर्मी...
चितवन , पौष २५ - नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्वबियु माडी नगर कमिटीको अध्यक्षमा राकेश चौधरी निर्वाचित हुनु भएको छ । आज भएको विद्यार्थीहरुको भेलाले चौधरीको अध्यक्षतामा ३१ सदस्यीय माडी नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा श्रीराम वाग्ले , सचिवमा सुधा बिष्ट , सहसचिव सुमित चौधरी , कोषाध्यक्षमा कैलाश कोइराला , अखिल फोर्स प्रमुखमा लोकेश खड्का...
चितवन , पौष २५ - चितवनको माडी स्थित किर्तनपुर युवा क्लवको अध्यक्षमा आशिष् जिसि निर्वाचित हुनु भएको छ । क्लवको आज भएको दाेस्राे अधिवेशन बाट अध्यक्षमा जिसि लगायतको नया समिति चयन भएको हो । त्यस्तै उपाध्यक्षमा सन्देश आचार्य सचिव हरिश्चन्द्र कार्की , सह सचिवमा अस्मिता अधिकारी र काेषाध्यक्षमा अजिता बुढाथोकी चयन हुनु भएको हो । त्यस्तै अधिबेशन बाट सदस्यहरुमा...
  चितवन , पौष २४ - तनहुँकाे देवघाटबाट सञ्चालनमा आएकाे सामुदायिक रेडियाे देवघाटले विभिन्न कार्यक्रम गदैं आफ्नाे बाह्राैं वार्षिकाेत्सव मनाउन लागेकाे छ । रेडियाे स्थापनाकाे १२ वर्ष पुगेकाे अवसरमा रेडियाेले पुष २७ गतेदेखी १० दिनसम्म विभिन्न कार्यक्रम गदैं वार्षिकाेत्सव मनाउन लागेकाे आईतबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिईएकाे छ । पत्रकार सम्मेलनमा अध्यक्ष विजयराज शर्मा भुषालले पुष २७ गते चितवन र...
काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रुपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रुपैयाँ कम गरेको छ। निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोल १७५ रुपैयाँ, डिजेल र मट्टितेल...