Home ब्लग पृष्ठ 243
२४ जेठ, कैलाली । डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो । उनको थ्रोट स्वाब संकलन...
२४ जेठ, बुटवल । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् । १४ दिन आइसोलेसनमा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएकामा त्यसो नगरी घर पठाइएको हो । ‘स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार...
नयाँदिल्ली, जेठ २३- भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ८५१ जना कोरोनाभाइरसबाट संक्रमित...
२३ जेठ, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले अनलाइनखबरलाई बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा...
२२ जेठ,काठमाडौं । कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ । स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरु पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा...
२१ जेठ, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित...
काठमाडौं, जेठ २१- कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ८ हजार ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख ८० हजार १३१ पुगेको छ । कुल...
२१ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन भयो...
बुटवल, जेठ २०– प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । प्रदेशका बाँकेमा र...
काठमाडौं, जेठ १९- काोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८०० नाघेको छन् । आज मात्र विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिन २३९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आज डोटीमा पहिलो पटक सङ्क्रमण...