Home Blog Page 2

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो, सडक अवरुद्ध

चितवन, भदौ १७ –  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो । रासस

पहिरोका कारण नारायणगढ -मुग्लिन सडक खण्ड  अवरुद्ध

चितवन , भाद्र १६ – वर्षाका कारण नारायणगढ -मुग्लिन सडक खण्ड  अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका- २९ स्थित केराबारीमा आज विहान ६ वजे पहिरो गएका कारण यातायात अवरुद्ध बनेको हो ।पहिराे हटाएर सडक खुलाउने प्रयास भैहरेकाे प्रहरीले जनाएकाे छ ।

राष्ट्रपति द्वारा नागरिकता विधेयक फिर्ता

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । १५ दिनको समयसीमा आज सकिँदै थियाे ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहले विधेयक फिर्ता पठाउन माग गरिरहेका थिए ।

अनेमसंघ भरतपुर १२ को अध्यक्षमा गायत्री श्रेष्ठ चयन

चितवन , साउन २८ – नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ भरतपुर -१२ वडा कमिटीकाे आज अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले गायत्री श्रेष्ठकाे अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । संघकाे वडा कमिटीकाे पाँचौ अधिवेशनले श्रेष्ठकाे नेतृत्वमा ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हाे ।
नवनिर्वाचित कमिटीकाे उपाध्यक्षमा भुमा सापकोटा , सचिवमा अन्जना नेपाल र काेषाध्यक्षमा निनु रेग्मी चयन हुनुभएको छ ।जमुना ढुङ्गानाकाे अध्यक्षता एवम् नेकपा(एमाले ) पाेलिट्व्युराे सदस्य देवीप्रसाद ज्ञवालीकाे प्रमुख अतिथ्यमा भएको कार्यक्रममा अनमेसङ्घका केन्द्रीय नेतृहरु शारदा कुमाल, शान्ति अधिकारी , शारदा थपलिया , अन्जु शर्मा दाहाल लगायत अतिथि रहनुभएकाे थियाे ।
एमाले केन्द्रीय स्कुल बिभाग सदस्य पुरुषाेत्तम न्याैपाने, पार्टी प्रदेश कमिटी सदस्य कृष्ण नेपाली , जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, जिल्ला कमिटी सदस्य शेषमणि नेपाल , लेखराज पन्त, पार्टी वडाकमिटि अध्यक्ष तिलप्रसाद न्याैपाने लगायत अतिथिहरुले अधिवेशनमा शुभकामना मन्तव्य राख्नुभयाे । साे क्रममा बक्ताहरुले पार्टी संगठन सुदृढ बनाउन महिलाहरुले खेल्दै आएको भुमिकाकाे प्रशंसा गरेका थिए ।

चितवनमा श्रीमती द्वारा अचानो प्रहार गरि श्रीमानको हत्या

चितवन , श्रावण २४ – चितवनको भरतपुर महानगरपालिका वडा नं २१ पार्वतीपुरमा एक महिलाले आफ्नै श्रीमानको अचानो प्रहार गरि हत्या गरेकी छ्न ।
सोमबार राति १० बजेको समयमा झैझगडा हुँदा उनकी श्रीमती ५४ वर्षीया बिनमाया वि.क.ले ५६ वर्षीय श्रीमान टीकाराम विकको घरमा रहेको अचानोले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गीतानगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ढोकाको चुकुल फुटाई हेर्दा मृतक टीकाराम खुट्टाले भुईंमा टेकी टाउको र जिउको भाग खाटमा घोप्टो अवस्थामा रहेको र निजको तालुको भागमा काटेको चोटबाट अत्यधिक रक्तश्राव भई सिरानीमा जमेको अवस्थामा रहेको फेला पारेको हो । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको र प्रहरीले घटनाको अनुसन्धान भै रहेको जनाएको छ ।

शिक्षकका हकहितका लागि शिक्षामन्त्री पौडेललाई ज्ञापनपत्र

काठमाडौ , श्रावण २३ -शिक्षकका हकहितका लागि शिक्षामन्त्री देबेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाइएको छ । शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष ज्योति नारायण ढकालको नेतृत्वमा केन्द्रीय समितिले माननीय शिक्षामन्त्री पौडेल लाई देशभरका सामुदायिक विद्यालयका सबै प्रकृतिका स्थायी ,अस्थायी एवम् विस्थापित शिक्षक कर्मचारीहरुको माग पूरा गरिदिन भनी ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउदा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह अध्यक्ष पुर्ण प्रसाद दवाडी र महासचिव लक्ष्मी किशोर सुवेदीको रोहबरमा ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा स्थायी शिक्षकहरुको सत् प्रतिशत अस्थायी सेवा अवधि गणना गरिनु पर्ने , योगदानमा आधारित पेन्सन नभै पुरानै तवरले दिदै आइरहेको पेन्सन उपलब्ध गराउन , प्रा वि ,निमावि र माबि सबै स्थायी शिक्षकहरुलाइ १० ग्रेड उपलब्ध गराउन , अस्थायी सेवाको आधारमा स्वेच्छिक पेन्सनको व्यवस्था गर्न , हाल सम्मका सबै अस्थायी ,करार तथा विस्थापित शिक्षकहरुलाइ उमेरको हद हटाइ आन्तरिक प्रतिस्पर्धाद्वारा स्थायी गर्न , राहत ,अनुदान शिक्षक , बाल शिक्षक तथा विद्यालय कर्मचारीका मागहरु समेत पूरा गर्न अनुरोध गरिएको छ ।
देशभरका शिक्षक कर्मचारीहरुलाइ एकै प्रकारको नेपाल सरकारको लोगो अंकित परिचय पत्र बनाउन , स्थायी शिक्षकहरुलाइ हरेक ७ बर्षमा बढुवा गर्न र शिक्षकहरुलाइ सम्मानित मर्यादाक्रममा राख्न समेत अनुरोध गरिएको छ ।
ज्ञापनपत्र बुझाउन अध्यक्ष ज्योती नारायण ढकाल ,उपाध्यक्ष गंगाप्रसाद पङ्गेनि , कोषाध्यक्ष सरस्वती अर्याल वाग्ले , सह कोषाध्यक्ष शान्ति शाही ,सदस्य संगिता थापा ,अजिज आलम लगायतका शिक्षक नेताहरु सहभागिता रहेको थियो ।

पेन्सनकाे व्यवस्था सहितका माग पूरा गर्न शिक्षकका अगुवा काठमाडौमा

काठमाडौ , साउन २१ –  शिक्षक हकहित मञ्चले स्थायी शिक्षकहरूलाई शतप्रतिशत अस्थायी सेवा अवधि गणना गरी पेन्सनको व्यवस्था गर्न माग गरेका छन् ।

मञ्चकाे काठमाडौंमा सम्पन्न भेलाले नेपाल शिक्षक महासंघ (राष्ट्रिय समिति) समक्ष निवेदन राख्दै पेन्सनकाे व्यवस्थासहितअन्य आधा दर्जन माग पूरा गर्नका लागि विशेष पहल गर्न माग गरेका छन् ।

उनीहरूले ०७५ चैत्रपछि स्थायी नियुक्ति भएका शिक्षक हरुलाई योगदानमा आधारित पेन्छन् को व्यवस्था गरिदैछ भन्ने सुन्नमा आएकाे भन्दै ‘योगदानमा आधारित फेसन नभई पूरानै तवरको पेन्सन प्राप्तिको लागि पहल गरिदिन, कम्तिमा ५ वर्ष सेवा पुगेका स्थायी शिक्षकलाई बदुवाको लागि पहल गरिदिन र सबै स्थायी शिक्षकहरुलाई १० ग्रेड कायम गर्नको लागि पहल गरिदिन लिखित अनुराेध गरे ।

उनीहरूले सवै प्रकृतिका अस्थायी शिक्षक, राहत शिक्षक, अनुदान शिक्षक, वाल शिक्षक, विद्यालय कर्मचारी र विस्थापित शिक्षकहरूको माग पूरा गर्नका लाग पहल गरिदिन र देशभरका सबै शिक्षक कर्मचारीलाई एकै प्रकारको शिक्षक परिचयपत्रको लागि पहल गरिदिनु हुन पनि अनुराेध गरेका छन् ।

लिखित पत्रमा मञ्चका अध्यक्ष ज्याेतिनारायण ढकाल, सचिव गंगाप्रसाद पंज्ञानी र महासचिव कमल काफ्लेले हस्ताक्षर गरेका छन् ।

माडीका शिक्षक बीरेन्द्र महतोलाई अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार

-विपिन पाठक, चितवन श्रावण १७ –  माडी नगरपालिका वडा नम्बर ३ रतनी धोवाह स्थीत श्री राष्ट्रिय आधारभूत विद्यालय रतनी धोवाहका प्रधानाध्यापक बीरेन्द्र महतोलाई एन.आर.एनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिफोर्निया,अमेरिकाले उत्कृष्ट विधालय बनाउन गरेको अथक प्रयासको उच्च मुल्याङ्कन गर्दै अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार-२०२२ ले सम्मानित गर्ने भएको छ।
राष्ट्रिय आधारभूत विद्यालय रतनि-धोवाहा रीउ नदिको किनारमा जीर्ण अवस्था र न्युन विद्यार्थी सङ्ख्याका कारण अन्य विद्यालयमा गाभिने अवस्थामा पुगेको थियो। नगरप्रमुख समेत विद्यालय गाभ्ने मनस्थितिमा पुगेका थिए तर महतोले हठ गरेर मर्च हुन दिएनन्। सोही अवस्थामा बाढी पसेर जीर्ण भएको विद्यालयलाई महतोकै पहलमा दान स्वरूप १२कठ्ठा ७धुर जग्गा खोजी स्थानान्तरका साथ नयाँ ढङ्गले सञ्चालन गरिएको थियो। बिस्तारै बिस्तारै विद्यालय प्रगतिको लयमा फर्कियो। अधिकांश समय विद्यालयमा नै विताउने महतोले निरन्तर अभिभावक तथा सरोकारवाला निकायलाई घचघच्याइ रहे।हाल उक्त विद्यालय बालमैत्री विद्यालयका रूपमा सुपरिचित रहनुका साथै ग्रिन क्लिन वातावरण,आइसिटि ल्याव,इ लाइब्रेरी, मन्टेश्वरी विधीद्वारा पठनपाठन जस्ता कारण चर्चामा रहेको छ। माडी नगरपालिकाद्वारा नमुना विद्यालयका रूपमा पुरस्कृत गरिएको उक्त विद्यालयमा हाल २५७ विद्यार्थी रहेका छन्।
२०७३ श्रावण २७ गते प्रध्यानाध्यापक नियुक्त भएका महतोले निरन्तर विद्यालयको भौतिक र शैक्षिक उन्नयनमा आफ्नो व्यक्तिगत आर्थिक रकम समेत लगानी गरेका थिए।हाल उनलाई प्रदान गरिएको अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार यही भदौ ७ गते एक कार्यक्रमका बीच प्रदान गरिने छ । पुरस्कारमा ११सय अमेरिकी डलरका साथमा ताम्रपत्र समेत रहेको आयोजक संस्थाले जनाएको छ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन , साउन १७ – अविरल बर्षा पछि झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा गएराती देखि लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो सडक खण्डको अन्य केही ठाउमा पनि पहिरो गएको जनाइएको छ । गए रातिदेखि लगातार परिरहेको पानीले चितवनका विभिन्न स्थानमा डुवानमा परेको समेत जनाएको छ । नारायणी नदि लगायतका अन्य नदिहरुमा समेत जल स्तर बढेको छ ।

राष्ट्रिय चिकित्सक संघ चितवनको अध्यक्षमा डा.प्रतीक न्यौपाने निर्वाचित

विपिन पाठक , चितवन, श्रावण १४ – राष्ट्रिय चिकित्सक संघ चितवनको दोस्रो अधिवेशन भरतपुरमा सम्पन्न भएको छ नेकपा एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनले डा.प्रतीक न्यौपानेको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा डा.जयराम अधिकारी र डा.मञ्जु पाण्डे सचिवमा डा.अमित चौधरी उप सचिवमा डा.पल्लवराज पौडेल कोषाध्यक्षमा डा.नवराज लामिछाने रहनुभएको छ। कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय अध्यक्ष डा.झलक शर्मा गौतम, महासचिव डा.सन्तोष पौडेल, उपाध्यक्ष रामहरी ढकाल लगायतको उपस्थिति रहेको थियो। डाक्टर केशव पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डा.अमित चौधरीले गर्नुभएको थियो।
नेकपा एमाले निकट सुवेच्छुक संगठनका रुपमा रहेको चिकित्सक संघमा जिल्ला भरिका प्रतिनिधि डाक्टरहरुको उपस्थितिले तीन बर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।