होमपेजविदेशअमेरिकामा कोरोनाका कारण १ लाख ८ हजार ४८ जनाको मृत्यु

अमेरिकामा कोरोनाका कारण १ लाख ८ हजार ४८ जनाको मृत्यु

काठमाडौं, जेठ २१-

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ८ हजार ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख ८० हजार १३१ पुगेको छ ।

कुल संक्रमितमध्ये ६ लाख २५ हजार २६५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ८१८ जनामध्ये १७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ ।

ताजा समाचार