Home चितवन विशेष दुखको साथी अभियान द्रारा सहयोग

दुखको साथी अभियान द्रारा सहयोग

0

चितवन, पुस २ – समाजमा सँधै दीनदुखीको घाउमा मलहम बन्दै आएको दुखको साथी अभियानबाट पौष १ गते कालिका नगरपालिका वडा नं ९ मा रहेको लतौली टोल,सुपार टोल, देउराली टोल, गोच्छीराङ टोलमा रहेका विपन्न चेपाङ वर्गहरुको लागि संकलन गरिएको कपडाहरु कालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हेम बहादुर क्षेत्रीको रोहवरमा राजवन मैतेस टोलका अध्यक्ष कविलाल प्रजाको जिम्मामा दुखको साथी अभियानबाट कपडा हस्तान्तरण गरिएको जानकारी दुखको साथी अभियानको संयोजक देविका कुवरले जानकारी गराउनु भयो।
८८२घर धुरी रहेको कालिका नगरपालिका वडा नं ९मा चारसय घर धुरी चेपाङ जातीको रहेको र अधिकांश चेपाङहरुलाई खाद्यान्नर लत्ताकपडाको, अौसधी उपचारको अभाव रहेको उक्त वडाका वडा अध्यक्ष हेम बहादुर क्षेत्रीले जानकारी दिनु भयो।
विपन्न वर्गहरुलाई पहिले प्रथामिकता दिएर सदैव दुखको साथी अघि बढ्ने छ र यस्ता विकट क्षेत्रको विपन्न वर्गहरुमा सबै सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस् भन्ने जानकारी संस्थाको उपाध्यक्ष अम्बिका लामिछानेले जानकारी गराउनु भाको छ ।