Home चितवन विशेष सामुदायिक साकोस भरतपुरको साधारण सभा आज बाट सुरु

सामुदायिक साकोस भरतपुरको साधारण सभा आज बाट सुरु

0

चितवन , पौष १- सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर ४ को २६ औ साधारण सभाको उद्घाटन समारोह बुधवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै भरतपुर नगरपालिका वडा नं ४ का अध्यक्ष हरिप्रसाद आचार्यले सहकारीहरुले व्यवस्थित तरिकाले बचत परिचालन गर्नुपर्ने आवश्यकता समयको मागअनुसार नियमहरु पनि परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने सल्लाह दिनुभयो ।साधारण सभामा सचिव काशिराम सापकोटाले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नृंसिह कंडेलले अार्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर ४ का अध्यक्ष भानुभक्त सापकोटाको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. केशवभक्त सापकोटा, अर्डिटर एशोसिएसनका केन्द्रीय उपाध्यक्ष रामजी अधिकारी,लेखा संयोजक प्रेमकुमार गैरे, कृष्णप्रपन्न गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कोरानाको सङ्क्रमणको कारण सम्पूर्ण सदस्यहरुलाई एकैदिन सहभागी गराउन नसकिएकोले संस्थाले तोकेको समयतालिका अनुसार षौष ८ गतेभित्र संस्थाको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।