होमपेजविदेशपाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने अध्यादेश

पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने अध्यादेश

काठमाडौं, पुस १ – पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने कानुन लागु भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको मन्त्रिपरिषदले पास गरेर पठाएको अध्यादेशलाई राष्ट्रपति आरिफ अल्विले प्रमाणित गरिदिएका हुन् ।

यो अध्यादेश अनुसार बलात्कार सम्बन्धी मुद्धाको सुनुवाईका लागि बिशेष फास्ट ट्रयाक अदालत गठन हुनेछ । सो अदालतले चार महिनाभित्र सुनुवाई सकेर फैसला गर्नेछ । अदालतले बलात्कारीलाई केमिकल प्रयोग गरेर नपुंशक बनाउने फैसला गर्न सक्नेछ ।

सन २०१६ मा इण्डोनेसियाले बाल यौन दुराचारीलाई नपुंशक बनाउने कानुन ल्याएको थियो भने सन २००९ मै पोल्याण्डले पनि यस्तै कानुन ल्याएको थियो ।  – कर्पोरेट नेपाल

ताजा समाचार