होमपेजताजा समाचारथप ९३६ मा कोरोना संक्रमण, १४ को मृत्यु

थप ९३६ मा कोरोना संक्रमण, १४ को मृत्यु

चितवन, मङ्सिर-३०

पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८  हजार ५ सय ६९ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ।
सेतो पाटि

ताजा समाचार