होमपेजचितवन विशेषमाडीका थप ३ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या न्युन

माडीका थप ३ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या न्युन

चितवन , मंसिर २९ – चितवनको माडी नगरपालिका क्षेत्रका थप ३ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । पछिल्लो परिक्षण अनुसार आज सोमबार १ पुरुष र २ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपचारका लागि भरतपुर अस्पताल पुगेका माडी-९ का ६८ बर्षीय एक पुरुष तथा चितवन मेडिकल कलेज पुगेकी माडी-७ की २७ बर्षीया महिला र माडी-६ की ७८ बर्षीया बृद्धामा कोरोना संक्रमण पुष्टी भएको हो । हाल सम्म माडीमा कुल संक्रमितको संख्या ११६ पुगेको छ । जस मध्ये ७ जनामात्र सक्रिय संक्रमित रहेका छन भने सक्रिय संक्रमितमध्ये ३ जना अस्पतालमा भर्ना गरिएका छन् । बाकी ४ जना आफ्नै घरमा होम आइसोलेशनमा रहेका जनाइएको छ । माडीमा कोरोना भाइरस संक्रमण फैलिन नदिन माडी नगरपालिका जनस्वास्थ्य शाखाले हरेक हप्ताको आइतबार बिहान ८ देखि १० बजेसम्म नि:शुल्क स्वाब संकलन केन्द्र संचालन गरेको नगरपालिका जनस्वास्थ्य संयोजक शिव सुवेदीले बताए । माडी क्षेत्रमा केन्द्रमा अस्पताल वा वडाध्यक्षको सिफरिस तथा कोरोना संक्रमित जोखिम क्षेत्रबाट आएकाहरुले लक्षणका आधारमा स्वतःस्फूर्त रूपमा नि:शुल्क रुपमा स्वाब परीक्षण गर्नसक्ने जनाएको छ ।

ताजा समाचार