होमपेजचितवन विशेषकाङ्ग्रेसको देशैभरी बिरोध सभा : चितवनमा गर्जिए पुर्ब अर्थमन्त्री महत

काङ्ग्रेसको देशैभरी बिरोध सभा : चितवनमा गर्जिए पुर्ब अर्थमन्त्री महत

चितवन,मंसिर २९ – नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले सरकारका आफ्नै गलत रबैयाका कारण आगामी निर्बाचनमा पतन हुने बताएका छ्न । भ्रष्टाचार र दमन विरुद्ध नेपाली कांग्रेसले देशैभए एकैसाथ गरेको बिरोध प्रर्दशनका क्रममा काङ्ग्रेस चितवनले आज भरतपुरमा सरकार विरोधी प्रदर्शन पछि गरेको सभामा उनले उक्त कुरा बताएका हुन । नेता महतले देशमा धेरै समय कम्युनिस्ट शासन कुनै देशमा पनि नटिकेको बताउदै कम्युनिस्टहरु बिस्तारै आफै सकिने बताए । चितवनको प्रदर्शनमा हजारौं कांग्रेसका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । भरतपुरको चौविसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणगढको पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महत लगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा जिल्लास्थित सबै पालिकाका ९८ वडाबाटै पार्टी नेता कार्यकर्ता र भातृ संगठनहरु सहभागी भएका जनाइएको छ ।

ताजा समाचार