Home चितवन विशेष पुरस्कारको रकमबाट माडीका बिपन्न चेपाङ बालबालिकालाई स्टेशनरी सहयोग

पुरस्कारको रकमबाट माडीका बिपन्न चेपाङ बालबालिकालाई स्टेशनरी सहयोग

0

चितवन , मंसिर २८ – नेपाल पत्रकार महासंघ चितवन शाखाका ‌पुर्व सचिव नारायण सापकोटाले आफुले प्राप्त गरेको पुरस्कार रकम बाट बिपन्न चेपाङ बालबालिका लाई स्टेशनरी सामान सहयोग गरेका छ्न । पत्रकार सापकोटाले नेपाल पत्रकार महासंघ चितवन शाखाको शनिबार स्वर्गीय तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुदाँ प्राप्त गरेको ११ हजार रकमबाट माडी नगरपालिका वडा नं ९ को राइडाँडामा बसोबास गरिरहेका ६५ जना सुकुम्बासी चेपाङ बालबालिकाहरुलाई आज आइतबार स्टेशनरी वितरण गरेका हुन् । स्टेशनरी सामान वितरण गर्दै नारायण सापकोटाले बालबालिकाहरुलाई पढाइमा सहयोग होस् भन्ने उद्देश्यले अति बिपन्न सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुलाई सहयोग गरेको बताउदै माडी ९ का सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुलाई पढाइमा समस्या भएकोले सहयोग गर्न समेत आग्रह गरे । पुरस्कारको रकमले बालबालिकाहरुलाई सहयोग गरेकोमा माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकाल, उपमेयर ताराकाजी महत्तो, माडी नगरपालिका प्रवक्ता शिवहरी सुवेदी, नेकपा नेताहरु ओमनाथ पाण्डे, नारदमणि पौडेल, लायन्स क्लब अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी ,वडा सदस्य पूर्णीमाया चेपाङ लगायतले धन्यवाद ज्ञापन गरेका थिए । स्टेशनरी वितरण कार्यक्रममा विभिन्न सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।