होमपेजचितवन विशेषचितवनको माडी जगन्नाथपुरीमा आज एक दिने निशुल्क स्वास्थ्य शिबिर हुदै

चितवनको माडी जगन्नाथपुरीमा आज एक दिने निशुल्क स्वास्थ्य शिबिर हुदै

चितवन , मंसिर २७ – चितवनको माडी नगरपालिका वडा नम्बर ७ स्थित जगन्नाथपुरीमा रहेको श्री जगन्नाथ नि.मा.बि. को प्राङ्गणमा आज शनिबार एक दिने निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ । आधारभूत स्वास्थ्य सुबिधा लिन नसकेकाहरु लाई घर आगनमै सेवा दिने उदेश्यले शिबिर संचालन गर्न लागिएको हो । देबेन्द्रपुर बजार ब्यबस्थापन समितिको आयोजना तथा औषधी ब्यबसायी संग माडी र सफल फार्मेसीको समन्वयमा आज शनिबार एक दिने कार्यक्रम आयोजना गरिएको बघौडा अस्पतालका स्वास्थ्यकर्मी सफल गौतमले बताए । शिबिरमा नाक, कान, घाँटी, स्त्री तथा प्रजनन रोग, सुगर प्रेसर थाइराइड, जस्ता रोगहरुको निशुल्क उपचार गरिने ब्यबस्था गरिएको हो । भरतपुर अस्पतालका नाक, कान, तथा घाँटी रोगका विशेषज्ञ डा. अपार पोख्रेल, स्त्री तथा प्रजनन रोगका विशेषज्ञ डा. पुष्प चौधरी, फिजिसियन डा. नबराज लामिछाने, डा. निकेश कुमार गिरी, डा. सुरज ढकाल लगायतका विशेषज्ञहरुको टोलि शिबिरमा सहभागीता रहने जनाइएको छ । माडीका कतिपय स्थानका स्थानियबासीहरु भौगोलिकताका हिसाबले आधारभुत स्वास्थ्य सुबिधा लिन समेत कठिन रहदै आएको छ ।

ताजा समाचार