Home चितवन विशेष माडी नगरपालिका कार्यालयले आइतबारदेखि आफ्नै नवनिर्मित भवन बाट सेवा दिदै

माडी नगरपालिका कार्यालयले आइतबारदेखि आफ्नै नवनिर्मित भवन बाट सेवा दिदै

0

चितवन , मंसिर २६ – चितवनको माडी नगरपालिकाले आउदो आइतबार देखि नवनर्मित भवन बाट सेबा दिने भएको छ ।हाल संचालनमा रहेको कार्यालय भबन प्रयाप्त पुर्बाधार नभएकाले नया बनाइएको भबन बाट सेवा दिन थालिएको हो । नगरपालिका घोषणा भएको २०७३ सालदेखि बसन्तपुर बजारको केन्द्रस्थित शहीदचोकमा रहेको कार्यपालिका कार्यालय माडी वडा नम्बर ३ बसन्तपुर बाट सेबा दिदै आएकोमा आगामी आइतबारदेखि माडी माध्यमिक विद्यालयको साविकको भवन रहेको डाँडोमा नवनिर्मित भवन वाट सेबा दिने माडी नगरपालिका सुचना अधिकृत प्रवीण भण्डारीले बताए । नयाँ भवनमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयसंगै लेखा, योजना, शिक्षा, प्राविधिक र राजस्व लगायत बहुसंख्यक शाखा र विभागहरु रहने तथा हाल संचालनमा रहेको शहीदचोकस्थित साविकको भवनमा  जनस्वास्थ्य, प्रधानमन्त्री रोजगार तथा अन्य केहि कार्यालयहरु रहने नगरपालिकाका नगरपालिकाको कृषि र पशुपंक्षी शाखा रहने जनाइएको छ । नगरपालिकाको नयाँ बनेको भबन बाट सेबा लिदा अबका दिनमा सेबाग्राही लाई सहज हुने अनुमान गरिएको छ ।                                     फोटो : स्वदेश एफ एम