होमपेजसमाचार२० करोड लगानीमा गोरखामा एनपिआई अस्पताल निर्माण हुदै

२० करोड लगानीमा गोरखामा एनपिआई अस्पताल निर्माण हुदै

गोरखा, मंसिर २६ – गोरखा सदरमुकाम सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ ।

गोरखा नगरपालिका ८ को हरमटारी क्षेत्रमा निर्माण हुने ५५ शैयाको सुविधा सम्पन्न अस्पताल २० करोडमा निर्माण गर्न लागेको हो ।

चितवनको नारायणी सामुदायिक अस्पताल अन्तरर्गत रहने गरी निर्माण हुन लागेको यो अस्प्ताल आगामी १५ महिना भित्र निर्माण सम्पन्न गरी सेवा दिने गरी बनाउन लागिएको एनपिआई चितवनका अध्यक्ष भक्तमान श्रेष्ठले बताए ।

अस्पतालको हिजो (बिहीबार) एक कार्यक्रम बिच श्रेष्ठले शिलान्यास गर्दै गोरखा जिल्लाबाट ७० प्रतिशत भन्दा बढी मानिस चितवनको विभिन्न अस्पतालमा उपचारका लागि जाने गरेको भन्दै अस्पताल निर्माण पछी कुनै पनि गोरर्खालीले उपचारको नाममा जिल्ला बाहिर जानुनपर्ने बताए ।

क्यान्सरका बिषेज्ञ डा.श्रेष्ठले गोरखाबाट नै क्यान्सरका रोगीहरुलाइ सेवा दिन सकिने समेत बताए । १०० जना शेयर होल्डर रहेको उत्त अस्पतालमा १३ जना गोरर्खालीहरु रहेका छ्न । – गोरखा समाचार

ताजा समाचार