होमपेजचितवन विशेषदुखको साथी अभियानद्धारा विपन्नलाई कपडा सहयोग

दुखको साथी अभियानद्धारा विपन्नलाई कपडा सहयोग

चितवन, मंसिर २६ – समाजमा दुख पाएका दुखि गरिबलाई सहयोग गर्दै आएको दुखको साथी अभियानले विपन्न वर्गलाई कपडा सहयोग गरिएको छ। पूर्व चितवनको कालिका नगरपालिका वडा नं ९ राजवन टोल वासी करिब २० घर परिवारलाई पुग्ने कपडा सहयोग गरेका छन् ।
चैतीमायाँ प्रजा र शिद्धिलाल चेपाङलाई जिल्ला प्रशासन कार्यलय चितवनमा नागरिता बनाउन आउँदा दुखको साथी अभियानको संयोजक देविका कुवँरले भेटेपछि उहाँहरुले दया लागेपछि सहयोग गरेको संयोजक कुवँरले जानकारी दिईन् ।
अत्यन्तै दयानिया अवस्थामा देखेपछि ती दुई परिवारलाई सहयोग गर्ने मन बनाएर दुखको साथी अभियानका अम्बिका लामिछाने, रेखा भट्टराई, गीता अधिकारी, मिना दाहाल, जानुका कुवँर र सबिता कुवँर लगायतले मिलि सहयोग गर्नु भएको हो।
केही सहयोगी हातहरुको सहयोगमा नयाँ कपडा सहयोग गरिएको छ। उहाँहरुसँग  भएको लाउन मिल्ने कपडाहरु पनि सहयोग गरेका छन् । यस्तो जाडोको समयमा न्यानो लुगा लगाउन पाएकोमा टोलबासीहरु खुशी भएका छन् साथै दुखको साथि अभियान लाई धन्यबाद दिएका छन् ।
राजवनमा रहेका धेरै चेपाङहरुलाइ लाउन खानामा अभाव रहेको राजवन टोलका अध्यक्ष कविलाल चेपाङ ज्युले जानकारी दिए। यसरी यस्ता सहयोगी मन भएका सस्थाहरुले बेलाबेलामा सहयोग गरिदिएमा यहाँका टोलबासीलाई धेरै राहत हुने कुरा अध्यक्ष चेपाङ्गले जानकारी दिए ।

विभिन्न सामाजिक संघ संस्थाको ध्यानाकर्षण राजवनमा रहेका चेपाङ परिवारहरुमा पुगोस् र खाद्यान्न देखि लत्ताकपडा सम्म सबैले सकेको सहयोग गरिदिनु हुन दुखको साथी अभियान परिवारले अपिल गर्नु भएको छ।

ताजा समाचार