होमपेजचितवन विशेषभरतपुर महानगरमा आगो नियन्त्रण सम्बन्धि तालिम

भरतपुर महानगरमा आगो नियन्त्रण सम्बन्धि तालिम

चितवन , मंसिर २५ -भरतपुर महानगरमा पहिलो पटक आगो नियन्त्रण सम्बन्धमा तालिम सञ्चालन गरिएको छ ।
बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखीम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि गराउने उदेश्यले तालिम सञ्चालन गरीएको आयोजकले बताएको छ । महानगरको विपद् शाखाले विपद्मा परेका व्यक्तिहरुलाई विना तालिम उद्धार गरिरहेको अवस्थामा यस तालिमले कर्मचारीहरुमा सैद्धान्तिक र व्यवहारीक ज्ञान दिने विश्वास लिईएको छ । सरकारी निकाय तथा समुदायको सहभागितामा विपतसंग लड्नको लागि तालिम सञ्चालन गरिएको फरवार्ड नेपालका कार्यक्रम संयोजक ऋषिकेश ढकालले बताउनु भयो । महानगरमा विपद्को खाडल रहेको भन्दै उहाँले महानगरको विपद्लाई सहयोग गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भयो । समुदाय तथा नगरपालिका स्तरमा शहरी विपद् जोखिम व्यवस्थापनको लागि तालिम सञ्चालन गरिएको भरतपुर महानरपालिकाको विपद व्यवस्थापन महाशाखा प्रमुख जीवलाल कुवंरले बताउनु भयो । पछिल्लो समय महानगरमा जनघनत्व बढ्दै गएको र आगोलागि जस्ता जोखिमलाई मध्य नजर गरेर तालिमको आयोजना गरिएको महाशाखा प्रमुख कुवरले बताउनु भयो । तालिमले प्रभावकारी रुपमा आकस्मिक प्रतिकार्य तथा जोखिम न्यूनिकरणको लागि समुदाय तथा महानगरपालिकामा विपद् पूर्वतयारीमा सवलीकरण गर्न तालिमले सहयोग पुराउने अपेक्षा गरिएको कुवंरले बताउनु भयो । युरोपियन यूनियनको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत भरतपुर महानगरको सहकार्यमा बिकासका लागि ग्रामिण कल्याण तथा कृषि सुधार समूह फरवार्ड नेपालको स्थानीय साझेदारीमा तालिम सञ्चालन गरिएको हो । तालिमका सहभागिहरुलाई सैदान्तिक र व्यवहारीक दुवै प्रकारको तालिम दिईने प्रशिक्षक किशोर कुमार भटटराईले बताउनु भयो । सहभागिहरुलाई कस्तो प्रकारको दुर्घटना हुदा कसरी उद्धार गर्ने, आगलागि हुदा कसरी नियन्त्रण गर्ने लगायतका विविध विषयमा तालिम सञ्चालन गरिने उहाँले बताउनु भयो । मंसिर २४ गतेबाट सञ्चालन भएको तालिम मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । तालिममा नगर प्रहरी, भरतपुर महानगरपालीकाको बारुण यन्त्रका कर्मचारी र विपद् व्यवस्थापन महाशाखाका गरी बिस जनाको सहभागिता रहेको छ ।

ताजा समाचार