Home ताजा समाचार सडक अलपत्र पारेर छोड्ने ठेकेदारको फोटो चोक चोकमा टासियो

सडक अलपत्र पारेर छोड्ने ठेकेदारको फोटो चोक चोकमा टासियो

0

कञ्चनपुर,मंसिर २४-बेलौरीमा सडक अलपत्र छोड्ने ठेकेदारका फोटो चोक-चोकमा टासिएको छ । हुलाकी सडक निर्माण कार्य म्याद सकिँदा पनि काम पुरा नभएको भन्दै स्थानियले सडक अलपत्र छोड्ने ठेकेदारका फोटो चोक-चोकमा टाँसेका हुन । डेकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन। आर्थिक वर्ष २०७२र०७३ मा सो सडक निर्माण सुरु भएको थियो।तर दशैंपछि उक्त सडकको निर्माण कार्य ठप्प छ। ‘दशैंपछि ठेकेदार देखिन पनि छाडेका छन’ स्थानीय खडक शाहले भने, ‘काम गतवर्ष नै सक्नुपर्ने हो तर थपेको म्याद पनि सकिँदा ठेकेदारलाई मतलब छैन।’
स्थानीयका अनुसार बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकमा ४ किलोमिटर पनि काम भएको छैन। सोही रोष पोख्न उनीहरुले सडक निर्माणको ठेक्का पाएको सिद्धी शाही प्रकाश कन्सट्रक्सनका सञ्चालक चक्रदिप शाही र उनका नजिकका पट्के ठेकेदारका फाटो सार्वजनिक स्थानमा टाँसेका हुन् । यता हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले दशैंपछि निर्माण कम्पनी सडकको काममा नफर्र्किएको बताएका छन्। उनले गत मंसिरमा नै योजनाको म्याद सकिएकोमा थप म्याद नभएको समेत बताए। यस्तै,बुधबार ठेकेदार प्रतिनिधि चक्रदिप शाहीले “अलपत्र भनिएको काम यहि मंसिर २७ गतेबाट निरन्तर रुपमा अगाडि बढ्ने बताए । ” उनले ठेकेदार फरार भएको हल्ला झुठो भएको बताउँदै कोभिड् १९ संक्रमणको केही समस्याले काममा अवरोध सृजना भएको बताए ।अर्काेतर्फ यता सहयोगी एवम् व्यापारीहरुले आफुले कामगरे वाफतको भुक्तानी नदिएर ठेकेदार रतोरात फरार भएको जिकिर गरिरहेका छन् । यस्तै केहि समय अघि व्यवसायीहरुले आफुहरु फसेको भन्दै उक्त निर्माण कम्पनीका सम्पूर्ण सवारीसाधन जफत गरि इलाका प्रहरी कार्यालय बेलौरीमा समेत बुझाएका थिए । भने पछिल्लोपटक ठेकेदारले उक्त सवारीसाधन सशस्त्र प्रहरी आउटपोष्ट बेलौरीमा थन्क्याएर फरार भएको स्थानीय बताउँछन् । – सुदुर सञ्चार