होमपेजचितवन विशेषमाडीका सबै सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा

माडीका सबै सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा

चितवन , मंसिर २३ – चितवनको माडी नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालय कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिएको छ । सबै सामुदायिक बिद्यालयका ५ कक्षा सम्मका विद्यार्थी लाई संघीय सरकारको शसर्त आएको बजेटबाट खाजा व्यवस्था गरिएको हो । (इसिडी) देखि कक्षा ५ सम्मका हरेक विद्यार्थीले बिद्यालयबाट १५ रुपैयाँ बराबरको खाजा ब्यबस्थापन गरिएको माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकालले बताए । अहिले व्यबस्थापन गरिएको खाजामा बालबालिकाका लागि आवश्यक र लाभदायी पौष्टिकयुक्ततत्व अनिवार्य रहेको हुनुपर्ने मापदण्ड रहेको ढकालको भनाई छ ।दिवा खाजा लागु गरिएपछि बालबालिकाहरु बिद्यालय आउन उत्साहीत हुने गरेका र अभिभावक पनि दिवा खाजाले बालबालिका स्वास्थ्य रहने भएपछी उत्साहित बनेका छ्न ।कोरोना भाइरसका कारण बिधालयहरु लामो समय बन्द रहेका र बालबालिकाहरुको नियमित बिद्यालय जाने दैनिकिमा प्रभाव परेको हुदाँ विद्यार्थीलाई नियमित स्कुल जान दिवा खाजाले सघाउने अपेक्षा लिइएको छ । माडी नगरपालिका भित्र ३२ वटा सामुदायिक बिद्यालय रहेका र कक्षा ५ सम्मका सबै बिद्यार्थीहरुलाई मंसिर ७ गते यता नियमित खाजा चना, दुध,जाउलो, अण्डा, रोटी, तरकारी लगायतका खाजा खुवाउने गरिएको जनाइएको छ ।                           फोटो: फाइल

ताजा समाचार