होमपेजचितवन विशेषमाडीमा सवारी दुर्घटना बढ्दै गएपछि प्रहरीद्वारा सवारी साधन चेकजाँचमा कडाई

माडीमा सवारी दुर्घटना बढ्दै गएपछि प्रहरीद्वारा सवारी साधन चेकजाँचमा कडाई

चितवन , मंसिर २२ – चितवनको माडीमा दैनिकजसो सवारी दुर्घटना हुन थालेपछी प्रहरी द्वारा सवारीसाधन चेकजाँच तिब्र बनाएको छ । इलाका प्रहरी कार्यालय बसन्तपुर माडीले माडी क्षेत्रमा संचालन हुने सवारीका साधनहरुमा चेकजाँचको प्रकृया थप कडाई गरेको हो । माडी क्षेत्रमा केही दिन यता बस,बोलेरो तथा ट्याक्टर अटो , मोटरसाइकल लगायतका सवारीका साधनहरु दैनिकजसो दुर्घटना हुन थाले पछि यस्ता सवारीका साधनहरुमा चेकजाँच गरी कारबाही समेत सुरु गरिएको इलाका प्रहरी कार्यलयले जनाएको छ । यस क्रममा आज गरिएको चेकजाँचमा १२ वटा ट्याक्टर,४ वटा अटो र १ बस लाई कारबाहीमा गरिएको छ । चर्को आवाज तथा हर्न बजाएर ट्याक्टर तथा अटो चलाउने ४ ओटा सवारीको साउण्ड बक्स समेत झिकिएको ईलाका प्रहरी कार्यलय माडीका प्रमुख झलक शर्माले बताए । माडीले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाउने, ट्राफिक नियम उल्लघंन गरी लापारवाहीरुपमा सवारी चलाउने, मादकपदार्थ सेवन गरी सवारी चलाउने चालक तथा सवारी साधन लाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया सुरु गरिएको प्रमुख शर्माको भनाइ छ ।माडी क्षेत्रमा पछिल्लो समय सडक सुधार भै फराकिलो बनेपछी दैनिकजसो सबारी दुर्घटना हुनथालेपछी सडकका मुख्य मुख्य स्थानमा ट्राफिक संकेत राख्ने तथा नवनिर्मित बाटोमा लेन्लाइनिङ, जेब्रा क्रसिङ लगायतको काम गर्न लागिएको जनाएको छ ।

ताजा समाचार