होमपेजताजा समाचारसहाराविहीनको सहारा बन्दै गायिका हेमन्ता शर्मा

सहाराविहीनको सहारा बन्दै गायिका हेमन्ता शर्मा

कैलालीको वर्दगोरिया गाउँपालिका-२ मा सहारा घर छ। जहाँ ८०-९० जना बेसहउराहरूले आश्रय लिइरहेका छन्।
त्यहाँ मानसिक सन्तुलन गुमाएका र आफन्त गुमाई सडक जीवन बिताइरहेका सहाराविहीन बस्छन्। उक्त सहारा घरका सञ्चालनक हुन् बलबहादुर विष्ट।गायिका हेमन्ता शर्मा तिनै सामाजिक व्यक्तित्व विष्टसँग सामाजिक सञ्जालमा जोडिन पुगिन्। उनले फेसबुकमा पोष्ट गरेका सेवा भावका तस्बिर देख्न थालिन्।र, हेमन्ताको मनमा पनि सहारा घरमा सहयोग गर्ने इच्छा जाग्यो। उनले आफ्नो जन्मदिन धनगढीबाट ६० किलोमिटर पूर्वमा रहेको उक्त सहारा घरमा मनाउने निधो गरिन्।तर, उनको मन कसरी मनाउने? आर्थिक सहयोग गर्ने कि, खाद्यान्न सहयोग गर्ने? भनेर सोच्न थाल्यो।’सहारा घर पुगेर जन्मदिन त धेरैले मनाउँछन्। सकेको सहयोग धेरैले गरिरहेका छन्। त्यहाँको वास्तविकता र विष्टको सेवा भावलाई देखाएर अझै धेरै सहयोगी हात जुटाउन सके झनै राम्रो हुन्थ्यो भन्ने मनमा लाग्यो। र, मैले ‘बौनियामा सहारा घर’ गीत रचेँ’, उनले भनिन्।उनले पछि सहारा घरमा सहयो गर्ने सोचेको रकम उक्त गीतमा खर्चिइन्। सहारा घरमै पुगेर गीतको छायाङ्‌कन गरिन्। आज त्यही गीतलाई बजारमा ल्याइएको छ। सुदूरपश्चिम सरकारका पर्यटनमन्त्री माया भट्टले एक समारोहबीच गीतको विमोचन गरेका छन्।उनले उक्त गीत सुनेर र हेरेर सहारा घरलाई धेरैले सहयोग गर्ने विश्वास व्यक्त गरे। मन्त्री भ‍ट्टले सहारा घरका सञ्चालक विष्टको काम निकै तारिफयोग्य रहेको बताए। उनले गायिका शर्माको सकरात्मक पहलको पनि तारिफ गरे।उक्त सहारा घरमा बालकदेखि वृद्धसम्मले आश्रय लिइरहेका छन्।                          – आयोमेल बाट

 

ताजा समाचार