होमपेजचितवन विशेषचितवनमा पनि राजतन्त्रको माग गर्दै प्रर्दशन

चितवनमा पनि राजतन्त्रको माग गर्दै प्रर्दशन

चितवन, मंसिर २० – पछिल्लो समय देशभर राजावादीहरुले प्रर्दशन गरिरहेको बेला चितवनको भरतपुरमा पनि आज शनिबार राजावादीहरुले मोटरसाइकल जुलुस निकालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै सयौंको संख्यामा उनिहरुले मोटरसाइकलमा जुलुस निकालेका हुन् । जुलुसमा सहभागीले पञ्चायत र बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, ‘हिमाल झैं अटल यो’ जस्ता गीत गाएका थिए । ‘गणतन्त्र मुर्दावाद’, ‘ हिन्दू राज्य कायम गर’, ‘जय देश, जय नरेश’ जस्ता नारा लगाउदै हिन्दू राज्य कायम गर्न माग गरिएको हो । राष्ट्रबादी चितवन समाजको नेतृत्वमा जुलुस निस्किएको हो । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको जुलुस हाकिमचोक,चौविसकोठी,लायन्सचोक,पुल्चोक आँपटारी, मालपोत चोक हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राजा समर्थक विभिन्न अगुवाहरुले सम्बोधन गरेका थिए ।

ताजा समाचार