होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक महिलाको मृत्यु

चितवन , मंसिर २० – चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमणका कारण थप एक जना महिलाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ कि ३० वर्षीय महिलाको आज मृत्यु भएको हो । उनलाई मंसिर १४ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएकोमा १५ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि १७ गते देखि कोभिड आइसियुमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा आज बिहान ९ :३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ताजा समाचार