होमपेजताजा समाचारहाम्रो टिम नेपाल द्वारा बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रम लाई आर्थिक सहयोग...

हाम्रो टिम नेपाल द्वारा बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रम लाई आर्थिक सहयोग हस्तान्तरण

चितवन , मंसिर १९ – सामाजिक संस्था हाम्रो टिम नेपालले
बुटवल देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका बालबालिका लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शारीरिकरुपमा अशक्त र सानै उमेरमा बाबा आमा गुमाएका बालबालिका र अशक्त भएको कारण आफन्तले वास्ता नगरी बेवारिसे भएकाहरु लाई जिबनयापन सहज गर्ने उदेश्यले आर्थिक सहयोग गरिएअको हो । सामाजिक उदेश्यका साथ सहयोगीहरुले सहयोग गरेको ३० हजार रुपैयाँ संस्थाको पहलमा उनिहरु लाई सहयोगी संस्थाका प्रतिनिधि भुमिका रसाइली , उमेश बाेहाेरा र भाग्यश्वरी गायकको रोहबरमा हस्तान्तरण गरिएको हो । उक्त रकम आश्रमका संरक्षक दानु राना र दुर्गा पुजा लिम्बु लाई सहयोग हस्तान्तरण गरिएको हो । आश्रम रहेकाहरु चिसोको समयमा पलस्टर नभएको चिसो भवनमा बस्न बाध्य भएका र भौतिक रुपमा कष्टकर अबस्था रहेकोले सहयोगका लागि अपिल समेत गरिएको छ । साथै उक्त आश्रममा रहेकी सृष्टि ३ बर्षको उमेरमा बाबा आमाले छोडेर गएको र उनले दुबै आँखा नदेख्ने भएकाले उनको उपचारका लागि सहयोगको आशा गरिएको छ । हाल सो आश्रममा ३५ जना शारीरिकरुपमा अशक्त र सानै उमेरमा बाबा आमा गुमाएका बालबालिका र अशक्त भएको कारण आफन्तले वास्ता नगरी बेवारिसे भएकाहरु रहेेेका छ्न ।

ताजा समाचार