होमपेजचितवन विशेषमाडीमा ट्याक्टरको ठक्कर बाट मोटरसाइकलमा सवार एक महिला गम्भीर घाइते

माडीमा ट्याक्टरको ठक्कर बाट मोटरसाइकलमा सवार एक महिला गम्भीर घाइते

चितवन , मंसिर १८ – चितवनको माडी बरुवा बजारमा ट्याक्टरको ठक्कर बाट एकजना महिला गम्भीर घाइते भएकी छ्न । ट्याक्टरले मोटरसाइकल लाई ठ्क्कर दिदा बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतो गम्भीर घाइते भएकी हुन । आज बिहीबार साँझ माडीको बनकट्टाबाट बरुवा हुँदै सितलपुरतर्फ जादै गरेको (अन टेस्ट )नम्बर नभएको ट्याक्टरले बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको प्रदेश नं. ३-०२-०१३ नम्बरको मोटरसाइकललाई बरुवा तिनकुने चोकमा ठक्कर दिए पछि मोटरसाइकल पछाडी बसेकी उनी गम्भीर घाइते भएकी हुन । दुर्घटनामा परी मोटरसाइकल चालक उनका श्रीमान समेत सामान्य घाइते भएका छ्न । घाइतेलाई उपचारका लागि भरतपुर पठाईएको र ठक्कर दिने ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

ताजा समाचार