होमपेजताजा समाचारजहाजको ढोका नखुले पछि ७० जना यात्रु भित्रै थुनिए

जहाजको ढोका नखुले पछि ७० जना यात्रु भित्रै थुनिए

धनगढी , मंसिर १८ – काठमाडौँबाट धनगढी अवतरण भएको श्री एयरलाइन्सको ढोका नखुल्दा ७० जना यात्रु भित्रै थुनिएका छन्। बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण भएको जहाजको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए।उनीहरुलाई सर्भिस ढोकामार्फत १० मिनेटपछि निकालिएको थियो। प्राविधिक कारण त्यस्तो भएको र पछि ढोका मर्मत गरिएको विमानस्थल प्रमुख बुढथापाले बताए। ‘कहिलेकाँही त्यस्तो प्राविधिक समस्या आउने गर्दछ। मर्मत गरिएपछि ढोका सुचारु भएको छ’ उनले भने।            फोटो: फाइल- दिनेश खवर

ताजा समाचार