होमपेजताजा समाचारकैलालीमा विवाहको गाडी दुर्घटना, दुलाहदुलहीसहितका १३ जना घाइते

कैलालीमा विवाहको गाडी दुर्घटना, दुलाहदुलहीसहितका १३ जना घाइते

धनगढी, मंसिर १८ –  कैलालीमा विवाहको गाडी दुर्घटना भएको छ। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी दुलाहदुलहीसहितका १३ जना घाइते भएका छन्। उनीहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परी दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छन्। – दिनेश खबर

ताजा समाचार