होमपेजचितवन विशेषमाडीका चेपाङ परिवारलाई न्यानो कपडा सहयोग

माडीका चेपाङ परिवारलाई न्यानो कपडा सहयोग

चितवन , मंसिर १७ – चितवनको माडी नगरपालिका वडा नं ८ मा बसोबास गरिरहेका चेपाङ परिवारलाई न्यानो कपडा सुइटर,ज्याकेट ,सिरकडसना लगायत प्रदान गरिएको छ ।टुनामुना खोला किनारमा रहेका करिब २७ बिपन्न चेपाङ परिवारलाई न्यानो कपडा प्रदान गरिएको हो ।
हाम्रो टिम नेपाल नामको संस्थाले जाडो समयमा चेपाङ बालबालिकालाई समस्या भएको भन्दै सहयोग गरिएको हो । न्यानो कपडा बितरण कार्यक्रममा माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी,सामर्थ नेपालका सामाजिक अभियान्ता अर्जुन भुषाल लगायत सहयोगी संस्थाका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्नुहुदैँ प्रमुख अतिथि वडाध्यक्ष अधिकारील पर्याप्त लगाउने लत्ता र ओड्नेओछ्याउने लगायतका सामानको अभाबमा रहेका चेपाङ परिवार लाई सहयोग गर्ने सबै प्रती आभार व्यक्त गरेका थिए । बिगत देखि नै सो क्षेत्रका चेपाङ समुदायलाई सञ्चारकर्मी नारायण सापकोटा,सामाजिक अगुवा श्रीप्रसाद दवाडी र रोमेश्वर चौधरीको पहलमा समेत न्यानो कपडा लगायत शैक्षिक सामाग्री र खाधान्न लगायतको सामान वितरण हुदैँ आईरहेको छ ।

ताजा समाचार