होमपेजचितवन विशेषराष्ट्रब्यापी वक्तृत्वकलामा माडीका सञ्चारकर्मी पाठक प्रथम

राष्ट्रब्यापी वक्तृत्वकलामा माडीका सञ्चारकर्मी पाठक प्रथम

चितवन , मंसिर १७ – राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगितामा माडीका सञ्चारकर्मी भूपराज पाठक प्रथम भएका छ्न ।अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा “ट्यालेन्टेड भ्वाइस” संस्थाद्धारा आयोजित अपांगको क्षेत्रमा कोरोना पछिको प्रभाव शीर्षकको भर्चुुअल वक्तृत्वकला प्रतियोगितामा पाठक प्रथम भएका हुन । “कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने नारासहित यसबर्ष अपाङ्ग दिवस मनाइएको हो । प्रतियोगितामा प्रथम भएका पाठकलाई नगद पुरस्कार सहित सम्मान गरिने आयोजकले जनाएको छ । पाठक हाँस्य कलाकारको रुपमा समेत परिचित रहेका छ्न । दक्षिण एसियामै ब्रेलिपिबाट समाचार पढ्ने उनी चितवनको सामुदायिक रेडियो माडीमा आबद्ध छ्न । उनले यसअघि पनि स्थानीय तथा राष्ट्रव्यापी विभिन्न प्रतियोगितामा बिजयी हुँदै आएका छ्न ।

 

ताजा समाचार