होमपेजचितवन विशेषपुर्बी चितवनमा मोटरसाइकल बसमा ठोक्किएर एक जनाको मृत्यु

पुर्बी चितवनमा मोटरसाइकल बसमा ठोक्किएर एक जनाको मृत्यु

चितवन , मंसिर १६ – चितवनको राप्ती नगरपालिका स्थित लक्ष्मीनारायण चोकमा गए राती बसमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तरगत पुर्वबाट पश्चि्म तर्फ आउदै गरेको ना.४ ख. ६७२८ नम्बरको बस र सोहि दिसाबाट आउदै गरेको ना.२७ प. ३९०६ नम्बरको बाइक बसको पछाडी ठोक्किदा बाइकमा सवार राप्ती ४ डडुवाका अन्दाजी २८ बर्षका रोशन लामाको मृत्यु भएको हो ।
दुर्घटना पछि गम्भीर घाइते भएका लामालाई उपचारको लागि अस्पताल ल्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार