होमपेजचितवन विशेषअयोध्यापुरी महिला साना किसान सहकारीको सातौं बार्षिक साधारणसभा सम्पन्न

अयोध्यापुरी महिला साना किसान सहकारीको सातौं बार्षिक साधारणसभा सम्पन्न

चितवन , मंसिर १५ – चितवनको माडी स्थित अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले अस्मिता दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी उपाध्यक्ष सरस्वती काफ्ले र सदस्यहरुमा सुमन भट्टराई ,गंगा पाेखरेल,साेममाया पुन,दुर्गा अधिकारी ,पार्बती अधिकारी,पिप्ला भण्डारी र मनिता बि.क. चयन भएका छ्न । अधिबेशनले लेखा समिति संयाेजक जानकी देवी पाैडेल र सदस्यमा मिरा नेपाल , लक्ष्मी खनाल न्यौेपाने चयन गरेको छ । सहकारीको सातौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार सहकारीले गत आ.व.मा १ करोड ७० लाख ३० हजार आय गर्दा १ करोड ३९ लाख ५३ हजार व्यय वा खर्च भएको हो । सहकारीले गत बर्षमा मात्र ३० लाख ७६ हजार रुपैंया खुद नाफा आर्जन गर्न सफल भएको हो । अघिवेशन अन्तरगत माडी ७ र ८ र ९ का अन्तरसमूह प्रतिनिधी छनौट गरि पदाधिकारी छनौट गरिएको सहकारीकी व्यवस्थापक लक्ष्मी लामिछानेले बताइन ।सहकारीकी अध्यक्ष जानकीदेवी पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रममा माडी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष शिवहरि सुवेदी प्रमुख आतिथि रहेका थिए।

 

ताजा समाचार