होमपेजचितवन विशेषएसओएस बालग्राम चितवन द्वारा परिवार सबलीकरण कार्यक्रम सम्पन्न

एसओएस बालग्राम चितवन द्वारा परिवार सबलीकरण कार्यक्रम सम्पन्न

चितवन , मंसिर १४ – विगत ४६ वर्षदेखि सक्रिय नेपालको सामाजिक संस्था एसओएस बालग्राम नेपाल चितवनले आइतबार एक कार्यक्रम बीच परिवार सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ ।सिमान्तकृत एवं विपन्न परिवार र तिनका बालबालिकालाई विभिन्न सहयोग प्रदान गर्दै बालग्रामले परिवार सबलीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम मार्फत सिमान्तकृत एवं विपन्न परिवारलाई ३५ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको बालग्रामका राष्ट्रिय निर्देशक भोला पौडेलले बताए । कार्यक्रमकी प्रमुख अतिथी भरतपुर महानगर प्रमुख रेनु दाहालले ती सबै सहयोग लक्षित ब्यक्तिलाई वितरण गरेकी हुन । कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका बालबालिकाको लागि १६३ थान साइकल, २० बालबालिकाको लागि ट्याब्लेट, १०५ बालबालिकाको लागि शैक्षिक सामग्री, ७० परिवारलाई प्रतिपरिवार ४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण, जीविकोपार्जन कार्यक्रम अन्तर्गत २० परिवारको लागि घुम्ती ठेला पसल, गाईपालन फलफुल पसल, टेलरिङ लगायतका विभिन्न उद्यम गर्नका लागि प्रत्येक परिवारलाई ५० हजारका दरले नगद वितरण गरिएको हो । सोही कार्यक्रममा जीविकोपार्जन कार्यक्रम अन्तर्गत नै सिमान्तकृत एवं विपन्न २० परिवारको लागि प्रति परिवार १५ देखि २० हजारसम्मको बाख्रा र सिलाई मेसिन वितरण, रोजगारमुलक कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका ५ युवालाई प्रति युवा ७० हजारका दरले सिलाई कटाई, ब्युटीपार्लर तथा होटल ब्यवस्थापन तालिम, विपन्न ५० परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम, श्री मावि गौरीगन्जलाई स्वास्थ्य सामग्री र भरतपुर महानगर वडा नम्बर ८ लाई कोभिड ब्यवस्थापन कोषका लागि १ लाख रुपैयाँ पनि हस्तान्तरण गरेको एसओएस बालग्रामका नायब निर्देशक राजेन्द्र लम्सालले बताए । कार्यक्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि दाहालले एसओएस बालग्राम महानगर क्षेत्रकै गहना भएको बताउदै आगामी दिनमा यसको संरक्षण र विकासमा महानगरले आवश्यक सहयोग गर्ने बताइन । भरतपुर महानगर पालिका वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेले एसओएस बालग्रामलाई स्थानीय सरकारले आवश्यक सबैखाले सहयोग गर्न आवश्यक रहेको बताए । कार्यक्रमका सभापति तथा बालग्रामका राष्ट्रिय निर्देशक पौडेलले मेयर  दाहाललाई बालग्रामको आमाको जिम्मेवारी लिन आग्रह गरेका थिए । बालग्राममा हाल ११३ जना बालबालिकाहरु ब्यवस्थित रुपमा बालग्राममा बसेर आवासीय रुपमा अध्ययन गर्दै आएका छन् भने १०१ जना युवालयमा रहेका छन् ।

 

ताजा समाचार