होमपेजताजा समाचारबिर्तामोडमा खुल्यो सिद्धार्थ ग्रुपको तीन तारे होटल

बिर्तामोडमा खुल्यो सिद्धार्थ ग्रुपको तीन तारे होटल

झापा , मंसिर १३ – झापाको बिर्तामोडमा सिद्धार्थ ग्रुपले तीन तारे होटेल सञ्चालनमा ल्याएको छ । विर्तामोड नगरपालिका–४ स्थित छ कठ्ठा जग्गामा फैलिएको यस होटलमा लक्जरी तहको ५१ कोठा, पाँच रेस्टुरेन्ट, दुई कन्फरेन्स हल, स्वीमिङ पोखरी लगायत सुविधा छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज यसको उद्घाटन गरेका हुन् । सो होटेलको उद्घाटन गर्दै उनले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीद्वारा सञ्चालनमा ल्याइएको यस होटेलले पूर्वी नेपालको पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।यसको व्यवस्थापन सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले गरिरहेको सो समूहका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले जानकारी दिए । होटेलको उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालबाट हस्पिटालिटी ब्यवसाय शुरु गरेको सिद्धार्थ ग्रुपले सेवा विस्तार गर्दै पूर्वी नेपालसम्म पुगेकोमा खुशी ब्यक्त गरे ।
सो अवसरमा सङ्घीय सांसद गणेशकुमार पहाडी, प्रदेशसभा सदस्य एकराज कार्की र उद्योग परिसङ्घ प्रदेश नं १ का अध्यक्ष मीनप्रकाश मैनाली लगायतले पर्यटन व्यवसायको विकासका विविध पक्षमाथि प्रकाश पारेका थिए ।सिद्धार्थ होटल ग्रान्ड सिटीमा ११ जना उद्यमीको रु ५० करोड लगानी रहेको छ ।

ताजा समाचार