होमपेजचितवन विशेषशसस्त्र प्रहरी बोर्डर आउट पोष्ट माडी कल्याणपुरको उदघाट्न

शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट माडी कल्याणपुरको उदघाट्न

चितवन , मंसिर ११ – चितवनको माडी स्थित शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडी कल्याणपुर कालिका आधारभुत बिद्यालयको खाली रहेको भवनमा स्थापना गरिएको छ । आउट पोष्ट भौतिक संरचनाको अभावका कारण अस्थाई रुपमा उक्त बिद्यालय भवनमा पोष्ट स्थापना गरिएको हो । उदघाटन कार्यक्रम नं ३ वाहिनीका वाहिनीपति शसस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीन श्रेष्ठको प्रमुख आतित्थमा औपचारीक उद्घाटन गरिएको हो । कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ५ र ६ वडाध्यक्ष रामबन्धु पोख्रेल,भरत बहादुर गुरुङ,शसस्त्र प्रहरी बल नं १७ क शसस्त्र प्रहरी उपरिक्षक दिपक थापा , उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य लगायतको सहभागी रहेको शसस्त्र प्रहरी बल छरछरेका प्रमुख बेल बहादुर विश्वकर्माले बताए । पोस्ट माडी नगरपालिका वडा नम्बर ६ कल्याणपुरमा रहने भएता पनि हाल संरचनाको अभाबमा वडा नम्बर ५ मा स्थापना गरिएको हो । माडी नगरपालिका कार्यपालिकाको बैठकले शसस्त्र प्रहरी बलको नयाँ बि.ओ.पी. क्याम्पका लागि माडी १ मा गर्दी चुरे मध्यवर्ती सामुदायिक वन क्षेत्रको जमीन, वडा नं ६ को स्याउलीबास गाउँनजिक खानेपानीको ट्यांकी रहेको स्थान तथा माडी नगरपालिका वडा नं ९ मा कान्छी बगहीँमा जमीन उपलब्ध गराउने निर्णय गरेको थियो ।

ताजा समाचार