होमपेजचितवन विशेषचितवनमा रहनु भएका पुर्ब युबराज पारसको स्वास्थ्यमा समस्या

चितवनमा रहनु भएका पुर्ब युबराज पारसको स्वास्थ्यमा समस्या

चितवन , मंसिर १० – चितवनमा रहेका पूर्व युवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनु भएको छ । शाहलाई आज बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले होटलमै पुगेर परीक्षण शुरु गरेको हो । शाहको ईसिजी , रगत लगायतको परीक्षण गर्न सुरु गरिएको जनाइको छ । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको हो या अन्य स्वास्थ्य समस्या हो भन्ने परिक्षणको रिपोर्ट आएपछी मात्र भन्न सकिने चिकित्सकहरुको भनाइ छ । यस अघि पनि शाहमा हट्याट्याक्कको समस्या देखिएको थियो । पुर्ब युबराज पारस नारायणगढस्थित एक होटलमा मंगलबार साँझ आएर बस्नु भएको जनाइएको छ ।

ताजा समाचार