होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक जनाको मृत्यु

चितवन , मंसिर ९ – चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा उपचारत थप एक जनाको कोरोना संक्रमणका कारण आज बिहान मृत्यु भएको छ । चितवन रत्ननगर-१० का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । मंसिर ४ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएकोमा ७ गते कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए । उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि मंसिर ८ गते कोभिड आइसियुमा राखी उपचार गरिएकोमा आज बिहान ७ बजे मृत्यु भएको जनाइएको छ ।

ताजा समाचार