होमपेजचितवन विशेषपुर्बी चितवनमा ग्याँस बुुुलेटको ठक्कर वाट दुई जनाको मृत्यु

पुर्बी चितवनमा ग्याँस बुुुलेटको ठक्कर वाट दुई जनाको मृत्यु

चितवन , मंसिर ८ – पूर्व–पश्चिम राजमार्ग अन्तरगत पुर्बी चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीमा आज सोमबार साँझ  ग्याँस बुुुलेट्को ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेट एन एल ०१ एल२४६० नम्बरको ग्यास बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा स्थानीय दुई युबाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को नवराज दनै र सोही ठाउँका २२ वर्षिय सचिन दनै रहेको प्रहरीले जनाएको छ । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले बताए । यसैबिच दुर्घटनामा स्थानीय दुई जना युबाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास भईरहेको जनाएको छ ।

ताजा समाचार