होमपेजचितवन विशेषगुटको राजनीति गरेको भन्दै कार्यकर्ता बाट हल्ला र नाराबाजी

गुटको राजनीति गरेको भन्दै कार्यकर्ता बाट हल्ला र नाराबाजी

चितवन, मंसिर ६- नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रममा गुटको राजनीति गरेको भन्दै कार्यकर्ताहरु बाट नै होहल्ला र नाराबाजी भएको छ ।
नेकपा राप्ती नगरकमिटीले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहेको अबस्थामा कार्यकर्ताहरु बाट होहल्ला र नाराबाजी भएको हो । पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउना साथ होहल्ला भएको जनाइएको छ । राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोले हो हल्ला भएपछि कार्यक्रम सञ्चालन गर्न नसकिएको र स्थगित गरिएको बताए ।

ताजा समाचार