होमपेजचितवन विशेषबिपन्नको घर निर्माणका लागी सिमेन्ट र रड सहयोग

बिपन्नको घर निर्माणका लागी सिमेन्ट र रड सहयोग

चितवन ,  मंसिर ४ –  माडी नगरपालिका वडा नं १ भङ्गतामा बसोवास गर्दै आएका बिपन्न आशिष नेपालीलाई घर निर्माण गर्नको लागि सिमेन्ट र रड प्रदान गरिएको छ । बाल्यकालदेखि नै आशिषलाई पढाइ र सीप विकास गर्न सहयोग गर्दै आउनुभएका मिराकल गार्डेनका प्रोपाइटर दामोदर देवकोटा र सञ्चारकर्मी नारायण सापकोटाले घर निर्माण गर्नको लागि १५ बोरा सिमेन्ट र ६० केजी रड सहयोग गर्नुभएको हो ।सहयोग सामग्री हस्तान्तरण गर्दै माडी नगरपालिका वडा नं १ का वडा सदस्य अमीत लामाले अति बिपन्न परिवारलाई छनौट गरी सहयोग गर्नुभएकोमा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै वडाबाट पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।आशिषकी आमाको मृत्यु भएपछि बुबा सम्पर्कविहिन भएर आशिष विचल्लीमा परेका थिए । दामोदर देवकोटाको सम्पर्कमा आएपछि पढाइ र सिप सिक्दै आएका थिए । माडी भङ्गतामा विवाह भएपछि ससुरालीकै आश्रयमा बस्दै आएका विपन्न परिवारका आशिषलाई घर बनाउन वडाबाट टिन उपलब्ध हुने भएपछि सिमेन्ट र रड सहयोग भएको हो ।
घर बन्ने भएपछि खुशी भएर आशिषले घरको लागि जग खन्ने शुरु गरिसकेका छन् । बाल्यकालदेखि नै संरक्षण गदै आएर हाल घर बनाउनको लागि पनि सहयोग गर्नुभएकोमा सहयोगीहरुलाई आशिषले धन्यवाद दिए । आय आर्जनको लागि सहयोग गर्न सहयोगीहरुलाई आशिषले आग्रह पनि
गरेका छन् ।

ताजा समाचार