होमपेजताजा समाचारनेकपाको सचिवालय बैठक सुरु , प्रधानमन्त्री ओलि पनि सहभागी

नेकपाको सचिवालय बैठक सुरु , प्रधानमन्त्री ओलि पनि सहभागी

काठमाडौ , मंसिर ३ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए ।तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी भएका हुन् । स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ । नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो भने राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् ।  फोटो : फाइल

 

ताजा समाचार