होमपेजचितवन विशेषचितवन माडीका एक युवाले बनाए मेडिकल ड्रोन

चितवन माडीका एक युवाले बनाए मेडिकल ड्रोन

चितवन , मंसिर ३ – चितवन माडीका एक युवाले मेडिकल ड्रोन निर्माण गरेका छन । माडी नगरपालिका वडा नं ५ नयापिपरियाका सक्षम बरालले मेडिकल सामाग्री (प्राथमिक उपचार सामाग्री)सम्बन्धित स्थानसम्म पुर्याउने उदेश्यले ड्रोनकाे निर्माण गरि आज परिक्षण गरेका हुन । परिक्षणका क्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल,प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकाल,माडी नगरपालिका वडा नं ५ वडाध्यक्ष रामबन्धु पोख्रेल,दिवाकर स्मृति विद्यालय व्यबस्थापन समिति अध्यक्ष ओबनाथ पाण्डे लगायतकाे उपस्थिति रहेको थियो । माडी नगरपालिकाकाे निर्माणाधीन भवनसँगै रहेकाे रंगशालामा ड्रोनकाे सफल परिक्षण गरिएकाे हाे । ड्रोन निर्माणका लागि बराललाई माडी नगरपालिका र दिवाकर स्मृति विद्यालय रमाइलोडाडाले आर्थिक तथा प्राविधिक सहयाेग गरेको जनाएको छ । बिज्ञान र प्रविधि अाफ्नाे विशेष रुचीकाे बिषय बताउने युवा बरालले यस अघि पनि रिमाेटबाट चल्ने प्लेन लगायत बिज्ञान र प्रविधि सम्बन्धि बस्तुहरु निर्माण गरिसकेका छ्न ।                                                        फोटो : सामुदायिक रेडियो माडी

 

 

ताजा समाचार