होमपेजताजा समाचारजनमोर्चाका अध्यक्ष केशी अस्पताल बाट डिस्चार्ज

जनमोर्चाका अध्यक्ष केशी अस्पताल बाट डिस्चार्ज

काठमाडौं , मंसिर २ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत अध्यक्ष केसीलाई अस्पतालले मंगलबार बेलुकी ५ बजे डिस्चार्ज गरेको हो ।निमोनिया र डायरियाका कारण स्वास्थयमा समस्या देखिएपछि उनलाई कात्तिक २५ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको भोलिपल्ट अध्यक्ष केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिएका छन् । – लेखाजोखा

ताजा समाचार