होमपेजताजा समाचारभाइटीका लगाएर घर आएकी श्रीमतीको श्रीमानद्वारा हत्या

भाइटीका लगाएर घर आएकी श्रीमतीको श्रीमानद्वारा हत्या

धनगढी , मंसिर २ – डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् । अत्यधिक मदिरा सेवन गरेर उनले हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार माइतबाट दाजुभाईलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा श्रीमानले कुटपिट गरेको स्थानीयले बताएका छन् ।कुटपिटका क्रममा घरको भित्तामा टाउको ठोक्किएर पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई पक्राउ गरेको उनले बताए ।शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । – दिनेेेश खबर

ताजा समाचार