Home ताजा समाचार नेवार समुदायले आज किजा पुजा मनाउदै

नेवार समुदायले आज किजा पुजा मनाउदै

0

काठमाडौं , मंसिर २ –  नेवार समूदायले आज किजा पूजा अर्थात् भाइ पूजा मनाउँदै छन् । नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।किजा पूजामा भाइको पूजा गर्ने र दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिहिनीबीचको आत्मीयताका लागि नेवाः समूदायमा तिहार प्रशिद्ध छ । किजा पूजाको दिन सरकारले सार्वजनिक विदा दिएको छ ।