होमपेजताजा समाचारआज थपिए १४ सय ७७ संक्रमीत , डिस्चार्ज हुनेको संख्या उल्लेख्य

आज थपिए १४ सय ७७ संक्रमीत , डिस्चार्ज हुनेको संख्या उल्लेख्य

काठमाडौं , कार्तिक ३० –  नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ जनाको मृत्यु भएको छ भने २७ सय ९८ जना डिस्चार्ज भएका छन्  । १६ लाख ९ हजार ७९ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा संक्रमितको संख्या दुई लाख ९ हजार ७७६ जनामा संक्रमण पुष्टि भएको छ ।  जसमध्ये १ लाख ७३ हजार ४३० जना डिस्चार्ज भएका छन् भने देशभर अहिले सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ पुगेको छ । २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ सय २१ पुगेको मन्त्रालयले जनाएको छ । देशभर क्वारेन्टाइनमा भने एक हजार २१ जना रहेका छन् ।

ताजा समाचार