होमपेजचितवन विशेषजन्मदिनको अबसरमा सामाजिक अगुवा संजयले गरे पिडित लाई सहयोग

जन्मदिनको अबसरमा सामाजिक अगुवा संजयले गरे पिडित लाई सहयोग

चितवन , कार्तिक ३० – चितवन माडीका सामाजिक अगुवा संजय महत्तोले आफ्नो जन्मदिनको अबसर पारेर बिपन्न पिडित परिबार लाई सहयोग गरेका छ्न । आफ्नो जन्म दिनको खर्च कटौती गरेर आगलागी बाट झन्डै २ बिगाहाको पराल नष्ट भयेकी माडी नगरपालिका वडा नम्बर १ चितही टोलकि पवनी महतोलाई घटना स्थलमै पुगेर राहत स्वरुप नगद ५ हजार रकम सहयोग गरेका हुन । सहयोग रकम हस्तान्तरण गर्दै अगुबा महत्तोले सामाजिक परम्परामा गरिने फजुल खर्च समाजका निम्ती गर्न बानी बसाल्न अनुरोध गर्दै सानो सानो सहयोगले समाज रुपान्तरणको बाटो देखाउने बताए । पिडित पबनी महत्तोले आफ्नो पिडामा सहयोग गर्ने सहयोगी लाई धन्यवाद ब्यक्ति गरेकी थिइन । माडीका सफल युबा व्यावसायि समेत रहेका महत्तोले बिगत देखि नै माडी क्षेत्रका बिपन्न , अशक्त बिरामीहरु लाई निशुल्क रुपमा अस्पताल पुर्याउने तथा अति बिपन्नहरुको उपचारमा सहयोग गर्दै आएका छ्न । उनले कसैले पनि उपचार अभाबमा ज्यान गुमाउन नपरोस भन्नका लागि माडी क्षेत्रमा निशुल्क एम्बुलेन्स संचालनको तयारी समेत गरेका छ्न ।

ताजा समाचार