होमपेजचितवन विशेषआफ्नै अफिसको ९७ लाख चोरी गर्ने सुरक्षागार्ड पक्राउ

आफ्नै अफिसको ९७ लाख चोरी गर्ने सुरक्षागार्ड पक्राउ

चितवन , कार्तिक ३० – चितवनको भरतपुर स्थित वडा नं.९ काँडाघारीमा रहेको एपोलो पेन्ट्स प्रा.लि.को कार्यालय भवनको कोठा भित्र रहेको सेफ (लकर) फुटाई नगद चोरी गरेको आरोपमा प्रहरीले सोही कम्पनीमा कार्यरत सुरक्षागार्ड कबिराज थापा लाई पक्राउ गरेको छ । कम्पनीमा राखिएको रकम चोरी भएको सुचनाका अधारमा जिल्ला प्रहरी कार्यालयको टोलिले थापा लाई पक्राउ गरि अनुसन्धान गर्दा नगद रकम समेत बरामद भएको हो । थापालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले चोरी गरि लुकाई छिपाई राखेको अवस्थामा र एकहजार दरको सन्तानब्बे लाख रुपैयाँ र चोरी गर्न प्रयोग गरेको औजार समेत वरामद गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई चोरी कसुर अन्तरगत थप अनुसन्धान भइरहेको जनाइएको छ ।

ताजा समाचार