Home ताजा समाचार कोरोनाका कारण काङ्ग्रेस कैलालीका नेता लक्ष्य बहादुर न्यौपानेको निधन

कोरोनाका कारण काङ्ग्रेस कैलालीका नेता लक्ष्य बहादुर न्यौपानेको निधन

0

धनगढी, कार्तिक ३०–कोरोना सङ्क्रमणका कारण कैलालीको भजनी नगरपालिका–८ गोलचउरा निवासी नेपाली काङ्ग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्य बहादुर न्यौपाने (लक्ष्मण) को निधन भएको छ ।नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राती करिब ९ बजे तिर ६५ वर्षीय न्यौपानेको निधन भएको परिवारजनले बताएका छन् । गत कार्तिक २१ गते सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । समस्या बढ्दै गएपछि गत बिहीबार धनगढीको कोरोना अस्पताल ल्याइएका उनलाई थप उपचारका लागी नेपालगन्ज लगिएको थियो । उनको शब अहिले अस्पतालमै राखिएको छ । पुर्ख्यौली घर दाङमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तजनले बताए छन् । यस अघि उनले लामो उपचार पछि क्यान्सर जितेका थिए ।मृतक न्यौपाने नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य, महिला विभाग प्रमुख तथा पूर्व सांसद ईश्वरी न्यौपानेका श्रीमान् हुन । न्यौपानेका २ छोरा,१ छोरी र आमा छन् ।न्यौपानेको निधनप्रति नेपाली काङ्ग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले गहिरो दुःख व्यक्त गर्दै काङ्ग्रेसले एक असल नेता गुमाएको बताएका छन् । – sudurpress