होमपेजताजा समाचारराष्ट्रको समृद्धि र जनताको सुखका लागि एकजुट हुन प्रधानमन्त्रीको आह्वान

राष्ट्रको समृद्धि र जनताको सुखका लागि एकजुट हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं , कार्तिक ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत नै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताएका हुन् ।सन्देशमा प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् । सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान गरिएको छ ।शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।

ताजा समाचार