होमपेजताजा समाचारआफैले पालेको राँगोले हान्दा पशुधनिको मृत्यु

आफैले पालेको राँगोले हान्दा पशुधनिको मृत्यु

डोटि ,कार्तिक २९ – डोटीमा आफैले पालेको राँगोले हान्दा शनिबार अपराह्न एक पुरुषको ज्यान गएको छ ।
आदर्श गाउँपालिका वडा नं. १ सरङायल गाउँका अन्दाजी ४० वर्षका चक्र साउँदको आफैले पालेको राँगोले हान्दा ज्यान गएको उनको साथमा रहेका स्थानीय प्रकाश खड्काले बताए ।
शनिबार दिउँसो करिब २ बजेतिर राँगोले हान्दा मृतक साउँदको टाउको र छातीमा चोट लागेको थियो । उनको उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याईएकोमा उपचारकै क्रममा करिब साढे चार बजेतिर मृत्यु भएको हो ।
आफैले पालेको राँगोले हान्दा मृत्यु भएकाले परिवार तथा आफन्तजनहरुले शव व्यवस्थापन गर्ने डोटीका प्रहरी प्रमूख जनकराज पाण्डेले बताए । -najaronline.com

ताजा समाचार