चितवन , कार्तिक २७ – नेपाल प्रहरी द्वारा चितवनको माडीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । माडी नगरपालिका वडा नम्बर ५ स्थित दिवाकर स्मृति बिद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो । लागु औषध दव्र्यसनी,यौनजन्य हिंसा न्युनिकरण तथा सडक दुर्घटना सम्बन्धी सचेतनामुलक कार्यक्रम भएको हो । “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत ईलाका प्रहरी कार्यलय माडीको आयोजनामा माडी नगरपालिका नगरपालिका वडा नं ५ वडा कार्यलय र सामुदायिक रेडियो माडीको समन्वयमा लागुऔषध दुर्व्यसन,सडक दुर्घटना न्युनिकरण,महिला हिँसा ,चोरी ,जबरजस्ती करणी र बाल विवाह लगायतका बिषयहरुमा ईलाका प्रहरी कार्यलय माडीका प्रमुख झलक शर्माले सचेतनामुलक प्रशिक्षण दिएका हुन ।
सचेतनामुलक प्रशिक्षणमा माडी ५ का यातायात व्यबसायी,युवाहरु,शिक्षक,अभिभावक लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमले स्थानिय स्तरका बिद्यालय र समाज लाई टेबा पुग्ने प्रशिक्षक शर्माको भनाइ छ । माडी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबन्धु पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य कुल बहादुर बिश्वकर्मा,रेडियो माडीकी स्टेसन म्यानेजर प्रिती पोख्रेल,विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्ले,बघौडा उपभोक्ता समितिका कोषाध्यक्ष गणेश घताने, ब्रह्मज्योति आधारभूत बिद्यालय ब्रह्मपुरीका प्रधानाध्यक गंगाराम रानाभाट लगायतको सहभागिता रहेको थियो।